Kathmandu Press

एक वर्षमा आठ हजार नागरिकले लिए दोलखाबाट राहदानी

दाेलखा, भदाै १० : जिल्ला प्रशासन कार्यालय दोलखाबाट वैदेशिक यात्राका लागि एक वर्षको अवधिमा आठ हजार ६३ नागरिकले राहदानी दिएका छन्। वैदेशिक रोजगारी,...
एक वर्षमा आठ हजार नागरिकले लिए दोलखाबाट राहदानी

दाेलखा, भदाै १० : जिल्ला प्रशासन कार्यालय दोलखाबाट वैदेशिक यात्राका लागि एक वर्षको अवधिमा आठ हजार ६३ नागरिकले राहदानी दिएका छन्। वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणकका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

नौ स्थानीय तह रहेको दोलखाबाट एक वर्षको अवधिमा आठ हजार ६३ थान राहदानी जिल्ला प्रशासन कार्यालय दोलखाबाट वितरण गरिएको हो। राहदानीका लागि तत्काल चाहिने नागरिकले दोब्बर शुल्कमा दु्रत राहदानीका लागि फाराम भर्ने र एक महिनापछिका लागि चाहिनेहरुले साधारण फाराम गरी दुई तरिकाले राहदानी दिने व्यवस्था रहेको छ।

Hardik ivf

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार ३५ दिनभित्र लिने गरी साधारण राहदानीका लागि तीन हजार सात सय २३ जना पुरुष र दुई हजार तीन सय ६१ महिला गरी जम्मा छ हजार ८४ जनाले राहदानीका लागि फारम भरेका थिए।

त्यस्तै एक हप्ताभित्र राहदानी दिनेले दु्रत राहदानीका लागि एक हजार ४२ जना पुरुष र नौ सय ३७ जना महिला गरी जम्मा एक हजार नौ सय ७९ जनाले फाराम भरेका थिए। दोलखामा राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु दुई करोड ७१ लाख ३७ हजार आठ सय ४० राजस्व सङ्कलन भएको प्रशासन कार्यालय दोलखाले जनाएको छ।

कोरोना महामारीका कारण विभिन्न देशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीका लागि खुला गरेसँगै राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएको हो।

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्