Kathmandu Press

नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गिरोह पक्राउ 

काठमाडौं, भदौ १० : प्रहरीले नक्कली मदिरा उत्पादन गरि विक्रि बितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार...
नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गिरोह पक्राउ 

काठमाडौं, भदौ १० : प्रहरीले नक्कली मदिरा उत्पादन गरि विक्रि बितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका बिभिन्न ब्राण्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । कोटेश्वरमा बिभिन्न ब्राण्डका नक्कली मदिराको बिक्रि बितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तीको संलग्नता पाइएको र निजको डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगाएतका मदिराहरु चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Hardik ivf

त्यस्तै सो व्यक्तिसंगको सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान तथा फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुल्ला आएको र उत्पादनकर्ता भगवान बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बहादुर बोहोराले जानकारी दिए। 

पक्राउ पर्नेमा हरि वली, भगवान बस्नेत, बिशाल वली , मनोज खत्री र गोपी श्रेष्ठ रहेको उनले बताए। 

प्रारिम्भक अनुसन्धानका क्रममा उक्त मदिराहरु रात्री क्लव, बिभिन्न मदिराका डिलरहरु, दोहरी डान्सवार लगाएतबाट माग भई उत्पादन गरि बिक्रिका लागि पठाइने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर कालो बजारी तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्