Kathmandu Press

कास्कीमा एउटा मतदानस्थल थपिँदै

कास्की, भदौ १० : कास्कीमा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा एक मतदानस्थल थपिने भएको छ ।जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था,...
कास्कीमा एउटा मतदानस्थल थपिँदै

कास्की, भदौ १० : कास्कीमा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा एक मतदानस्थल थपिने भएको छ ।

जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल थप्न सकिने व्यवस्थाअनुरुप जिल्लामा एक मतदानस्थल थप्न सिफारिस भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले मतदानस्थल थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने कानुनी व्यवस्था छ । 

सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका लागि एकतर्फी चार किलोमिटरभन्दा बढी दुरी हुन नहुने प्रावधान रहेको उहाँले जानकारी दिए । जिल्लामा हाल तीन सय ३६ मतदान केन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा एक हजार ५० सम्म मतदाता रहने व्यवस्था छ।

जिल्लामा नयाँ मतदाता करिब १० हजार थपिने देखिएको बताउँदै न्यौपानेले त्यसलाई अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिनुभयो । यसअघिको स्थानीय निर्वाचनमा कास्कीमा कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार नौ सय ४० रहेको थियो।  

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, भदौ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्