Kathmandu Press

कास्कीमा फलामे तारजाली लगाएर मतगणना हुने

पोखरा, मंसिर १४ : कास्की क्षेत्र नम्वर २ को मतगणना तारजालीभित्र राखेर हुने भएको छ । मतगणनाका लागि निकै कडा सुरक्षा प्रवन्ध पनि मिलाइएको छ । विभिन....

कास्कीमा फलामे तारजाली लगाएर मतगणना हुने

पोखरा, मंसिर १४ : कास्की क्षेत्र नम्वर २ को मतगणना तारजालीभित्र राखेर हुने भएको छ । मतगणनाका लागि निकै कडा सुरक्षा प्रवन्ध पनि मिलाइएको छ । विभिन्न स्थानबाट मतपेटिका ल्याउने क्रम जारी छ । 

जिल्ला समन्वय समितिको सभाहलमा फलामे तारजालीभित्र मतगणनाको तयारी गरिएको छ । केहीबेरमा मतपेटिका आईसक्ने निर्वाचन समितिले जनाएको छ । मत पेटिका जम्म भैसकेपछि सर्वदलिय बैठक बसेर मतगणना सुरु हुनेछ। 

यसअघि भरतपुर महानगरपालिकाको मतगणनामा तत्कालिन नेकपा माओवादीका प्रतिनिधिले मतपत्र चपाएर निलेपछि चर्को विवाद भएको थियो । त्यसपछि उक्त वडामा पुन निर्वाचन गरेर पुन मत गणना गरिएको थियो। 

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, मंसिर १४, २०७६