Kathmandu Press

जुम्लामा थपिए एक हजार नौ सय २९ मतदाता 

जुम्ला, भदौ १० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुम्ला जुटेको छ । गत बैशाख ३ मा...
जुम्लामा थपिए एक हजार नौ सय २९ मतदाता 
फाइल तस्बिर

जुम्ला, भदौ १० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुम्ला जुटेको छ । गत बैशाख ३ मा स्थानीय तहको निर्वाचन सकिएपछि गत असार १ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको कार्य कार्यालयले अगाडि बढाएको थियो । 

सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले तयारीमा जुटेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए। निर्वाचन सामग्री जाँचको साथै आयोगलाई विवरण पठाउनेलगायतको तयारीको काम भइरहेको छ । निर्वाचन कार्यालयले एक महिनासम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न कार्यालय लागि परेको थियो। 

Hardik ivf

एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा सो कार्यालयले यही भदौ  १२ गतेदेखि १९ गतेसम्म एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहका केन्द्रमा मतदाता नामवली अद्यावधिक गर्न लागेको छ । 

सो कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन भदौ १२ गते, मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख ना दर्ता अधिकारीको कार्यालय र मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र  कायम गर्न प्रमुख नाम दर्ता अधिकारीमार्फत भदौ १३ देखि १५ गतेसम्म निवेदन दिन सकिने छ। 

१६ देखि १८ गतेसम्म बसाई सरी अन्यत्र गएमा वा मुत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने । झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने निर्वाचन कार्यालयले जनाइएको छ। 

जिल्लामा एक कार्यक्रम गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाता नामावली अद्यावधिक दाबी विरोध अन्तक्र्रियासमेत गरेको थियो । जिल्लास्थित राजनीतिक दल, विषयगत कार्यालयका प्रमुख, नागरिक समाज, सुरक्षा निकायका प्रमुख, पत्रकार तथा सरोकारवाला व्यक्तिको सहभागी रहेको थियो ।  

एक हजार नौ सय २९ मतदाता थपिए

निर्वाचनका लागि  जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएका छन् ।  आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलनअन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आठ सय ८४, इलाका प्रशासन कार्यालय सिञ्जा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिए। गत स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार सात सय ४४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।   

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्