Kathmandu Press

सरकार जनताको घरदैलोमै पुगेको छ: मुख्यमन्त्री राई

इलाम, मंसिर १४ : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै तीन तहका सरकार पुगेको बताएका छन्। 

इलाममा प्रदेश नं. १ क....

सरकार जनताको घरदैलोमै पुगेको छ: मुख्यमन्त्री राई

इलाम, मंसिर १४ : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै तीन तहका सरकार पुगेको बताएका छन्। 

इलाममा प्रदेश नं. १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम हुने बताए।

मुख्यमन्त्री राईले पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश नं १ निकै धनी रहेकाले भ्रमण वर्ष-२०२० मा राखेको लक्ष्यअनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गरे।

सबै नेपालीलाई आ-आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उनले महोत्सवले भ्रमण वर्षको स्वागत गरेको बताए। 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, मंसिर १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्