गृहमन्त्री खाण आज भैरहवा जाँदै
काठमाडौं, भदौं १० : विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाण आज भैरहवा जाँदै छन् । उनको स्वकीय सचिवालयका अनुसार गृहमन्त्री गृह जिल्ला रुपन्देहीमा...
काठमाडौं, भदौं १० : विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाण आज भैरहवा जाँदै छन् ।
उनको स्वकीय सचिवालयका अनुसार गृहमन्त्री गृह जिल्ला रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनले भैरहवा पुगेपछि बिहान ११ बजे शुद्धोदन गाँउपालिका ४ वेतहीमा पश्चिम पाहुनी वेतही फर्साटिकर सडकखण्डको तिनाउ नदीको निर्माण हुने पुलको शिलान्यास गर्ने छन् ।
यस्तै बुटवल उपमहानगरपालिका १९ रानीवारीमा निर्माण भएको दुर्गा कालिका मन्दिरको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रममा सहभागी भएर गृहमन्त्री खाण शनिबार साँझ काठमाडौ फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: ०८:५१ बजे, शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












