Kathmandu Press

ऐतिहासिक उपलब्धिको पर्खाइमा नेपाली महिला भलिबल

काठमाडौं, मंसिर १४ : दक्षिण एसियाली खेलकुद प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन आइतबार हुँदैछ। तर उद्घाटन अघि नै नेपाली महिला भलिबल टिम पदकको खुसी....

ऐतिहासिक उपलब्धिको पर्खाइमा नेपाली महिला भलिबल

काठमाडौं, मंसिर १४ : दक्षिण एसियाली खेलकुद प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन आइतबार हुँदैछ। तर उद्घाटन अघि नै नेपाली महिला भलिबल टिम पदकको खुसी दिने प्रयासमा शनिबार श्रीलंकविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ। 

त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा साँझ ७ बजे बलियो श्रीलंकाविरुद्ध जित निकाल्न सके रजत पदक निश्चित हुनेछ। हारले भने काश्य पदकको प्रतिक्षामा फर्काउने छ।

नेपाल समूह ‘ए’ को उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्। बुधबार श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा
पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको थियो।

समूह ‘बी’ मा रहेको पाकिस्तान नआएपछि दुवै टिम वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्। शनिबार हुने सेमिफाइनलको पहिलो खेलमा समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता माल्दिभ्सबीच शनिबार साँझ ५ बजे पहिलो खेलमा प्रतिस्पर्धा हुँदैछ।

प्रतियोगितामा भारतले दुवै खेल सोझो सेटमा जित्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनायो। अर्को समूहमा पाकिस्तान सहभागी नहुँदा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्यो। पुरुषतर्फ प्रतियोगिताबाट बाहिरिसकेको नेपाल भलिबलमा महिला टिमबाट खुसी दिन चाहन्छ।
 

प्रकाशित मिति: १५:३८ बजे, शनिबार, मंसिर १४, २०७६