Kathmandu Press

अफगानिस्तानमा बर्षा र बाढीका कारण एक महिनामा १८० भन्दा बढीको मृत्यु

अफगानिस्तानमा बर्षा र बाढीका कारण एक महिनामा १८० भन्दा बढीको मृत्यु

काबुल, भदौ ९ : अफगानिस्तानमा पछिल्लो एक महिनामा आएको बाढीका कारण १८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै तीन हजार घरमा पूर्ण रूपमा क्षति भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन।

जबीहुल्लाह मुजाहिदले पूर्ववर्ती सरकारले पूर्वाधारको अव्यवस्थापन गरेका कारण क्षतिको परिमाण अस्वभाविक भएको बताए।

Hardik ivf

मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, 'यदि बाढी र क्षति बढ्दै गयो भने इस्लामिक इमिरेट्स अफ अफगानिस्तानसँग यी सबै कुराको सामना गर्न त्यति धेरै स्रोत छैन।'

धेरै प्रान्तमा भारी वर्षा भएको छ र देशको पूर्वी क्षेत्रमा बाढीको अत्यधिक असर परेको छ।

विशेषगरी अफगानिस्थानका गरिब ग्रामीण क्षेत्रमा कमजोर संरचनामा निर्माण गरिएका घरहरू बाढीका कारण सजिलै ढल्न सक्छन्। मुसलधारे वर्षाका कारण हरेक वर्ष दर्जनौं अफगानीको मृत्यु हुने गरेको छ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि नै देश आर्थिक र मानवीय संकटमा फसेको छ, विदेशमा रहेको अर्बौंको सम्पत्ति रोक्का हुनुका साथै सहायता कोष कटौतीका कारण यो झनै विकराल बनेको छ।

तालिबानले अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी मुस्लिम मुलुकहरूलाई बाढी पीडितहरूको आवश्यकता पूरा गर्न सरकारलाई सहयोग गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: १९:५५ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्