दसैँका लागि भदौ २० गतेपछि नयाँ नोट साट्न पाइने
काठमाडौं, भदौ ९ : यस वर्षको दसैँका लागि नेपाल राष्ट्र बैंकले भदौ २० गतेपछि साट्ने तयारी गरेको छ ।भदौ २० गतेसम्म आवश्यक तयारी...
काठमाडौं, भदौ ९ : यस वर्षको दसैँका लागि नेपाल राष्ट्र बैंकले भदौ २० गतेपछि साट्ने तयारी गरेको छ ।
भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्ने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट सटही गर्ने बताएको छ ।
२० गतेअघि नयाँ नोटको बारेमा बैंकहरूलाई सूचित गराउने राष्ट्र बैंकको तयारी छ । गत वर्षको दसैँमा ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786430634.png)










