Kathmandu Press

३७ जिल्लामा उपनिर्वाचनको रौनक (फोटो फिचर)

काठमाडौं, मंसिर १४ : प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त रहेका पदमा मतदान भइरहेको छ। शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदात स....

३७ जिल्लामा उपनिर्वाचनको रौनक (फोटो फिचर)

काठमाडौं, मंसिर १४ : प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त रहेका पदमा मतदान भइरहेको छ। शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म चल्नेछ। 

उपनिर्वाचनमा विभिन्न जिल्लाका मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन्। ३७ जिल्ला रिक्त ५२ पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भइरहेको छ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा मतदान भइरहेको छ। यस्तै, प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ ‘ख’, भक्तपुर क्षेत्र नम्बर १ ‘क’ र बागलुङ २ ‘ख’ मा पनि मतदान जारी छ। 

यसैगरी, स्थानीय तहमा रिक्त रहेका मेयर, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष पदमा पनि मतदान भइरहेको छ।


 

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, मंसिर १४, २०७६