रूपन्देही, वाग्लुङ र काभ्रेपलाञ्चोकमा गरी ४ जना मृत अवस्थामा फेला
काठमाडौं, भदौ ९ : रूपन्देहीमा दुई, वाग्लुङ र काभ्रेपलाञ्चोकमा एक एक जना गरी ४ जना मृत अवस्थामा फेला परेका छन् ।रुपन्देहीको मायादेवी गाउँपालिका...
काठमाडौं, भदौ ९ : रूपन्देहीमा दुई, वाग्लुङ र काभ्रेपलाञ्चोकमा एक एक जना गरी ४ जना मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका ३ कलौनी बस्ने ४० वर्षीय राम प्रसाद खर्बिन्द आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी रूपन्देही, सम्मरीमाई गाउँपालिका २ मुडिलास्थित पुलमुनी हाल नाम, थर, नखुलेकी करिब २० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै वाग्लुङको जैमिनी नगरपालिका १ भडार बस्ने ८३ वर्षीया खिपकला पाध्या घर नजिकै पाखोको खोचमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ७ थली बस्ने ५३ वर्षीय देवान सिंह तामाङ घर नजिकै मकै बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












