Kathmandu Press

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी, भदाै ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन। पोखरा पर्यटन...
ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल
Hardik ivf

गण्डकी, भदाै ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन। पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए। पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ।

गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई संशोधन गरेर पर्यटनमैत्री ऐनका लागि आफूले पहल गर्ने बताए।  कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पर्यटन क्षेत्रका लागि शान्ति सुरक्षाको प्रत्याभूति महत्वपूर्ण हुने र उनीहरूले सुरक्षित ठाउँ नै रोज्ने उल्लेख गर्दै पोखराको शान्ति सुरक्षामा प्रशासनले कुनै कसर बाँकी नराखेको बताए।

नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पोखरालाई उत्कृष्ट गन्तब्य बनाउनका लागि सबैको साझा उद्देश्य र कार्यगत एकताको खाँचो आैँल्याए। पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले देश विकासमा नीजि क्षेत्रको योगदान उल्लेख्य रहेको चर्चा गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा परिषद्को भूमिका महत्वपूर्ण रहेको बताए। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले राज्यका नीति पर्यटनमैत्री हुन नसक्दा यस क्षेत्रको विकासमा बाधा परेको औँल्याउँदै पर्यटन विकासमा विभाजित नभई साझा सोच र विचारबाट अघि बढ्न आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्