Kathmandu Press

श्रीलङ्का : गैर–व्यापारिक प्रयोजनका लागि टाइलको आयात पुनः सुरु गर्न अनुमति

काेलम्बाे, भदाै ९ : श्रीलङ्का सरकारले व्यक्तिगत वा गैर–व्यापारिक प्रयोजनका लागि टाइल्स आयात गर्न अनुमति दिएको छ।श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रोपर्टी डेभलपर्सलाई आफ्नो...
श्रीलङ्का : गैर–व्यापारिक प्रयोजनका लागि टाइलको आयात पुनः सुरु गर्न अनुमति

काेलम्बाे, भदाै ९ : श्रीलङ्का सरकारले व्यक्तिगत वा गैर–व्यापारिक प्रयोजनका लागि टाइल्स आयात गर्न अनुमति दिएको छ।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रोपर्टी डेभलपर्सलाई आफ्नो प्रयोगका लागि टाइल्स आयात गर्न अनुमति दिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन्।

श्रीलङ्काले विदेशी मुद्रा जोगाउनका लागि गत वर्ष टायलको आयातमा प्रतिबन्ध लगाएको थियो।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले ‘प्रत्यक्ष प्रयोग’ का लागि टायल र ढुङ्गाको आयातलाई अनुमति दिइएको घोषणा गरेका हुन।

आर्थिकरूपमा सङ्कटग्रस्त यस दक्षिण एशियाली मुलुकमा पुनः विक्री अर्थात् व्यापारिक प्रयोजनका लागि टायल्स र ढुङ्गाको आयात अझै प्रतिबन्धित छ।

आवास क्षेत्र निर्माण, मिश्रित विकास परियोजना, स्वीकृत होटल र लगानी बोर्ड र उक्त नियममा नबाँधिने सरकारी परियोजनालाई टाइल्स आयात गर्न अनुमति दिइने उनले बताए।

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, भदौ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्