Kathmandu Press

झारखण्डका मुख्यमन्त्री सोरेनलाई मुख्यमन्त्री रहन अयोग्य घोषणा गर्न सिफारिस

नयाँ दिल्ली, भदाै ९ : भारतीय निर्वाचन आयोगले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनमाथि भ्रष्टाचारको आरोप लागेपछि उहाँलाई अयोग्य घोषित गर्न सिफारिस गरेको छ।सोरेन राजनीतिक...
झारखण्डका मुख्यमन्त्री सोरेनलाई मुख्यमन्त्री रहन अयोग्य घोषणा गर्न सिफारिस

नयाँ दिल्ली, भदाै ९ : भारतीय निर्वाचन आयोगले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनमाथि भ्रष्टाचारको आरोप लागेपछि उहाँलाई अयोग्य घोषित गर्न सिफारिस गरेको छ।

सोरेन राजनीतिक दल झारखण्ड मुक्ति मोर्चाका नेता हुनुहुन्छ र राज्यमा गठबन्धन सरकारको नेतृत्व गर्नुभएको छ। पछिल्लो राजनीतिक घटनाक्रमपछि उनले आफ्नो दलका सबै सांसदहरूलाई राज्यको राजधानी राँचीमा भेला भई छलफल गर्न र थप कार्यदिशा तय गर्न बोलाएका छन्। 

सोरेन झारखण्डको मुख्यमन्त्री हुँदा आफू र आफूनिकटका व्यक्तिलाई खानीको ठेक्का दिने कार्यमा संलग्न रहेको आरोप लागेको छ।

राज्यका पूर्व मुख्यमन्त्री रघुवर दास, जो वर्तमान विपक्षी भारतीय जनता पार्टी ९भाजपा० का सदस्य हुनुहुन्छ, उहाँले सोरेनविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए। 

आरोपपछि निर्वाचन आयोगले मुख्यमन्त्री हेमन्त सोरेन र उनका भाइ बसन्त सोरेनको सुनुवाइ गरेको थियो।    स्रोतका अनुसार निर्वाचन आयोगले राज्यका राज्यपाल रमेश बैसलाई सिफारिस गरेको थियो, जसले भाजपाका रघुवर दासको उजुरी प्राप्त भएपछि निर्वाचन आयोगको राय मागेका थिए। 

यसैबीच, मुख्यमन्त्रीको कार्यालयले बिहीबार मुख्यमन्त्रीको अयोग्यताबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। निर्वाचन आयोगको सिफारिसपछि राज्यका गभर्नरले सोरेनको अयोग्यताबारे निर्णय लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, भदौ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्