Kathmandu Press

रोहिंग्या शरणार्थीले पाँचौं ‘नरसंहार स्मृति’ मनाए

कुतपालाेङ, भदाै ९ : हजारौँ रोहिंग्या शरणार्थीले म्यानमारमा सैन्य आक्रमणबाट भागेको पाँच वर्ष पूरा भएकामा बङ्गलादेशका शिविरमा बिहीबार ‘नरसंहार स्मृति’ मा ¥याली आयोजना गरेका...
रोहिंग्या शरणार्थीले पाँचौं ‘नरसंहार स्मृति’ मनाए

कुतपालाेङ, भदाै ९ : हजारौँ रोहिंग्या शरणार्थीले म्यानमारमा सैन्य आक्रमणबाट भागेको पाँच वर्ष पूरा भएकामा बङ्गलादेशका शिविरमा बिहीबार ‘नरसंहार स्मृति’ मा र्‍याली आयोजना गरेका छन्।

सन् २०१७ को अगष्टमा यहाँका सेनाको ज्यादतीबाट करिब सात लाख ५० हजार मुस्लिम अल्पसङ्ख्यक म्यानमारको सिमानामा झरेका थिए।

उनीहरु यहाँबाट भागेर बङ्गलादेश पुगेका थिए। हाल संयुक्त राष्ट्रसङ्घीय उच्च अदालतमा यो ऐतिहासिक नरसंहार मुद्दाको विषय बनेको छ।

हाल बङ्गलादेशमा करिब दश लाख रोहिंग्या छन्। तीमध्ये आधा जति १८ वर्ष मुनिका रहेका छन्। शिविरमा रहेका झुपडीमा वर्षाको समयमा उनीहरुलाई निकै कष्ट हुने गर्दछ। शरणार्थी बसेका शिविर वरपरबाट नै बाढी बग्ने गरेको तथा ढलहरु फुटेर पनि समस्या हुने गरेको बताइन्छ। 

बिहीबार यहाँका हजारौँ रोहिंग्या शरणार्थीले शिविरमा नारा लगाउँदै पश्चिमी म्यान्मारको आफ्नो गृह राज्य राखिनमा सुरक्षित फिर्ताको माग गरेका थिए। उनीहरुले पाँच वर्षअघिको त्यो नरसंहारको स्मरण पनि उनीहरुले गरेका थिए।

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, भदौ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्