Kathmandu Press

नेकपा एसद्वारा संघ र प्रदेशको उम्मेदवारी सिफारिस

मान्म, भदौ ९ : नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी कालीकोटले आगामी मङ्सिर ४ हुने संघ र प्रदेशको निर्वाचनका लागि १३ उम्मेदवारको नाम सिफारिस...
नेकपा एसद्वारा संघ र प्रदेशको उम्मेदवारी सिफारिस

मान्म, भदौ ९ : नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी कालीकोटले आगामी मङ्सिर ४ हुने संघ र प्रदेशको निर्वाचनका लागि १३ उम्मेदवारको नाम सिफारिस गरेको छ।

एक मात्र संघीय निर्वाचन क्षेत्रका लागि पाँच जनाको र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि आठ जनाको नाम सिफारिस गरेर प्रदेश तथा केन्द्रमा पठाइएको हो।

संघीय निर्वाचन क्षेत्रका लागि तुलाराज विष्ट, लालबहादुर मल्ल, दानबहादुर विक, कृष्णकला पाण्डे, राजुसिंह दर्जीलाई नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव खडानन्द चौलागाइँले जानकारी दिए।

‘केन्द्रको निर्देशनअनुसार नै नाम सिफारिस गरेर पठाएका छौं,’ उनले भने, ‘आगामी निर्वाचनको तयारीमा पार्टी लागेका कारणले उम्मेदवारको नाम छनोट गरेर पठाएका हौं।’ दुईवटा प्रदेशसभा रहेको जिल्लामा प्रदेश (क) बाट कुर्मराज शाही, विजया विष्ट, रवीन्द्र शाही, आशा शाही नाम सिफारिस गरिएको सचिव चौलागाईंले जानकारी दिए। प्रदेश निर्वाचन क्षेत्र (ख) बाट विश्वराज बम, तुलाराज सिम्खडा, दुर्गा शाही (न्यौपाने) र जडेनी बमलाई सिफारिस गरिएको छ।

यही भदौ १० गतेभित्र उम्मेदवार सिफारिस गरिसक्नु पर्नेमा एकीकृत समाजवादीले जिल्ला कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका बैठकबाट सर्वसम्मत नाम सिफारिस गरेर पठाएका सचिव चौलागाईंले जानकारी दिए। ‘पार्टी पूर्ण रुपमा निर्वाचनमा होमिएको छ,’ उनले भने, ‘पार्टी केन्द्रको निर्देशन अनुसार अहिले हामी गाउँगाउँमा निर्वाचनका लागि अभियान नै सञ्चालन गरेका छौं।’

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, भदौ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्