Kathmandu Press

लोपोन्मुख अजिङगरको उद्धार

सप्तरी, भदाै ९ : सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई  आज उद्धार गरिएको छ। स्थानीय डम्बरखडगा यादवको फुसको घरको माथि...
लोपोन्मुख अजिङगरको उद्धार
Hardik ivf

सप्तरी, भदाै ९ : सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई  आज उद्धार गरिएको छ। स्थानीय डम्बरखडगा यादवको फुसको घरको माथि रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो।

सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ÷सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जनाकारी दिए।

करिब १० केजीको उक्त अजिङगरलाई उद्धार गरी कोसी टप्पु वन्यजन्तु आरक्षणस्थित कोसी नदीको पानीमा छाडिएको उनले बताए। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय गाउँले पनि उद्धारमा खटिएका थिए।

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्