Kathmandu Press

कास्की- २ की उम्मेदवार विद्याले गरिन् मतदान

पोखरा, मंसिर १४ : प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनेकी विद्या भट्टराईले मतद....

कास्की- २ की उम्मेदवार विद्याले गरिन् मतदान

पोखरा, मंसिर १४ : प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनेकी विद्या भट्टराईले मतदान गरेकी छिन्। 

भट्टराईले शनिबार बिहान पोखरा–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयमा पुगेर मतदान गरेकी हुन्। भट्टराईले अन्य मतदातासँग्र लाइन बसेर मतदान गरेकी थिइन्। 

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित भएका नेकपा सांसदसमेत रहेका पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। अधिकारीको निधनपछि रिक्त रहेको उक्त पदका लागि उपनिर्वाचन भइरहेको हो। 

यो क्षेत्रमा नेकपाकी भट्टराईसँगै कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टी नेपालका धर्मराज गुरूङ र  साझा पार्टीकी रजनी केसी चुनावी मैदानमा उत्रिएका छन्।
शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ। 
 

प्रकाशित मिति: १२:०५ बजे, शनिबार, मंसिर १४, २०७६