Kathmandu Press

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी

नयाँ दिल्ली, भदाै ९ : भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ। यहाँ २४ घण्टाको समयावधी अर्थात् बुधबार मध्यरातिसम्म दश...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी

नयाँ दिल्ली, भदाै ९ : भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ। यहाँ २४ घण्टाको समयावधी अर्थात् बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन्। भारतमा एक दिन अगाडि अर्थात बुधबार प्रकाशित तथ्यांकअनुसार एक दिनमा १० हजार ६ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९४ हजार चार सय ४७ जना रहेका छन्। 

Hardik ivf

गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ८८ भन्दा बढीको मृत्यु भएको छ। 

भारतमा हिजो एक दिनमा १३ हजार ८४ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल ४ करोड ३७ लाख ४ सय ५७ जना कोरोनामुक्त भएका छन्। 

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। 

सो समयबाट हालसम्म दुई अर्ब दश करोड ८२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ३९ लाख १६ हजार सात सय २३ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ। 

यसैबीच दक्षिण कोरियामा बुधबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र १ लाख १३ हजार ३ सय ७१ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन्। योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या २ करोड २७ लाख १ हजार ४ सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मंगलबार जनाएका छन्।

यो घात सङ्क्रमणबाट सोमबार  एक सय ८ जनाले ज्यान गुमाएका छन्। देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २६ हजार ३ सय ३२ पुगेको छ।

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्