Kathmandu Press

सोमालियामा बालबालिकाको संरक्षणका लागि आग्रह

मोगादिसु, भदाै ९ : सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ।संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको...
सोमालियामा बालबालिकाको संरक्षणका लागि आग्रह

मोगादिसु, भदाै ९ : सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ। सो आगोगले सोमालियाका बालबालिकाको वर्तमान अवस्था निकै नाजुक रहेकाले तत्कालका लागि कम्तीम पनि ९० लाखभन्दा बढी अमेरिकी डलर उपलब्ध गराउन आग्रह गरेको हो।

बुधबार सो संस्थाले संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका साथै विभिन्न दाता देश तथा संस्थाहरुलाई सो आग्रह गरेको हो। यहाँका बालबालिका द्वन्द्वको चपेटामा परेकाले उनीहरुमाथि शोषण भइरहेको, विद्यालय जान पनि नपाएका तथा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएकाले उक्त सहयोग रकम आवश्यक परेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ।

यहाँका बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको र तत्कालका लागि कम्तीमा पनि २३ लाख बालबालिका निकै समस्यामा परेका पनि सो एजेन्सीले जनाएको छ।

उनीहरुलाई आन्तरिक द्वन्द्वको चपेटाबाट मुक्त गर्न, विद्यालय जानसक्ने अवस्था सिर्जना गर्न तथा कुपोषण हटाउनका लागि आवश्यक खाद्यान्नको जोहो गर्नका पनि सो रकम आवश्यक रहेको उक्त एजेन्सीले जनाएको छ।

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, भदौ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्