Kathmandu Press

इथियोपियामा पुनः हिंसा बढेकाेमा राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघ, भदाै ९ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन्।उनले भनेका छन्, 'इथियोपियामा बढेको...
इथियोपियामा पुनः हिंसा बढेकाेमा राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघ, भदाै ९ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन्।

उनले भनेका छन्, 'इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु। उहाँका गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ।'

Hardik ivf

उनले त्यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्ति वार्ताका लागि पनि जोड दिएका छन्। तर वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा त्यहाँका विद्रोहीहरु नरहेका अधिकारीहरुले जनाएका छन्।

इथियोपियामा हिंसा गरिरहेका टिगरे पिपुल्स लिबरेसन फन्ट, टिपीएलएफले यहाँ केही वर्षयतादेखि हिंसा मच्चाइरहेको छ।उनीहरुको सशस्त्र विद्रोहमा परेर कैयौँ नागरिकको ज्यान पनि गएको छ। संयुक्त राष्ट्रसंघले पटकपटक त्यहाँ शान्ति स्थापनाका लागि सरकार र टिपिएलएफका बीचमा वार्ता गर्न आग्रह पनि गरिरहेको छ।

केही दिनयतादेखि यहाँको सरकारले वार्ताका लागि गरेको आग्रहलाई बुधबार सो विद्रोही समूहले अस्वीकृत गरेको छ। उता राष्ट्रसंघले भने शान्तिवार्तामा जोड दिँदै आएको छ। किनभने टिगरेलगायतका यहाँका कतिपय स्थानमा जारी रहेको हिंसाका कारण मानवीय सहायता लिएर गएका सहायताकर्मीलाई पनि सहायता बाँड्न दिएका छैनन्।

राष्टसंघका कैयौँ कर्मचारी यहाँका विद्रोहीहरुले नियन्त्रणमा लिने र खाद्यान्नलगायत सहायता सामग्री पनि लुट्ने गरेका छन्।

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्