Kathmandu Press

रकेट आक्रमणमा तीन अमेरिकी सैनिक घाइते

वासिङटन, भदाै ९ : रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन्।अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर  जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड ९सेन्टकम०...
रकेट आक्रमणमा तीन अमेरिकी सैनिक घाइते

वासिङटन, भदाै ९ : रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन्।

अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर  जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड ९सेन्टकम० ले विज्ञप्ति मार्फत जनाएको छ।

मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ।

संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन गाउँमा अमेरिकी सेनाहरू बस्ने दुईवटा अमेरिकी  बेसमा रकेटहरू प्रहार गरेका थिए।

अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्रयोग गर्दै जवाफ दिएको छ र प्रक्षेपणमा प्रयोग गरिने तीनवटा गाडी र उपकरणहरू नष्ट गरेको बताएको छ। आक्रमणबारे अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, भदौ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्