Kathmandu Press

समाजवादी प्रेसकाे गण्डकी प्रदेश भेला  पोखरामा

काठमाडौं, भदाै ९ : समाजवादी प्रेस संगठन नेपालको गण्डकी प्रदेश भेला यही भदौ १० गते पोखरामा गरिने भएको छ। प्रदेशअन्तर्गत जिल्ला अधिवशेनको मिति...
समाजवादी प्रेसकाे गण्डकी प्रदेश भेला  पोखरामा

काठमाडौं, भदाै ९ : समाजवादी प्रेस संगठन नेपालको गण्डकी प्रदेश भेला यही भदौ १० गते पोखरामा गरिने भएको छ। प्रदेशअन्तर्गत जिल्ला अधिवशेनको मिति पनि सोही भेलाले तय गर्ने छ।

यही भदौ मसान्तभित्र देशभरका सबै जिल्लाका सङ्गठनको अधिवशेन सम्पन्न गरिने योजना छ। प्रेस चौतारीबाट अलग भएको सङ्गठनले प्रगतिशील विचार समूहका पत्रकारलाई एकताबद्ध गरी व्यावसायिक पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हकहित तथा अधिकार संरक्षण, साना लगानीका सञ्चार गृहको संरक्षण र पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा सरकारलाई दबाब दिँदै आएको छ।

Hardik ivf

गतवर्ष भदौ १० गते स्थापना भएको उक्त सङ्गठनले करिब ५० जिल्लामा सञ्जाल विस्तार गर्नाका साथै गत  कात्तिक २७ गते पदाधिकारी तथा संस्थापक सदस्य घोषणा र गत  चैत १२ –१३ मा केन्द्रीय कमिटीको विस्तारित भेला सम्पन्न गरेको छ।

प्रथम राष्ट्रिय अधिवेशनको तयारीमा रहेको सङ्गठनले मधेश प्रदेशको अधिवेशन पनि  हालै सम्पन्न गरेको छ। प्रदेशको भेला सम्पन्न गर्ने र प्रतिनिधि चयनको प्रक्रियामा छ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको सुरक्षा तथा सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउनाका  साथै व्यवस्थित बनाउन आग्रह गर्दै मुलुकको राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्र, सुशासन तथा पेसागत व्यवसायिकतामा जिम्मेवार भई क्रियाशील हुन आग्रह गरे। 

यसैबीच उनले संगठनको पहिलो स्थापना दिवसका अबसरमा देश विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई शुभकामना पनि व्यक्त गरे। 

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्