Kathmandu Press

उच्च रक्तश्रावले सुत्केरी आमा र शिशुको मृत्यु

सिलगढी, भदौ ९ : अत्यधिक रक्तश्रावका कारण सिलगढीमा सुत्केरी आमा र शिशुको मृत्यु भएको छ।डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायतको...
उच्च रक्तश्रावले सुत्केरी आमा र शिशुको मृत्यु

सिलगढी, भदौ ९ : अत्यधिक रक्तश्रावका कारण सिलगढीमा सुत्केरी आमा र शिशुको मृत्यु भएको छ।

डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायतको जिल्ला अस्पतालमा मृत्यु भएको हो। अस्पतालका अनुसार मृत अवस्थामा शिशुको जन्म भएको थियो। त्यसको केही समयपछि आमाको पनि ज्यान गएको अस्पतालले जनाएको छ।

Hardik ivf

अस्पतालका डा. राजेन्द्र फुलाराकाअनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि करीब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल ल्याइएको थियो।

अस्पताल पुगेको १० मिनेटमा शिशुको जन्म भएको थियो। त्यसको डेढ घण्टापछि आमाको पनि मृत्यु भएको उनले बताए।

 

प्रकाशित मिति: ०८:४३ बजे, बिहीबार, भदौ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्