Kathmandu Press

सालकको नौ किलो खपटासहित तीन जना पक्राउ

काभ्रे, भदौ ९ : संरक्षित वन्यजन्तु सालकको आखेटोपहर (खपटा) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)...
सालकको नौ किलो खपटासहित तीन जना पक्राउ

काभ्रे, भदौ ९ : संरक्षित वन्यजन्तु सालकको आखेटोपहर (खपटा) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षका सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

उनीहरुलाई बनेपा नगरपालिका–६ को २८ किलोस्थित स्वागत क्याफेमा नौ किलो खपटा खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको न्यौपानेले बताए।

पक्राउ गरिएका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र म्याद थप गरी आज जिल्ला वन कार्यालय बुझाइने प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, भदौ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्