Kathmandu Press

नेपाली युवा थपलिया विश्व चर्चित फोर्ब्स म्याग्जीनमा 

काठमाडौं, मंसिर १४ : न्यूयोर्क निवासी चर्चित नेपाली युवा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले बिश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिक) मा ले....

नेपाली युवा थपलिया विश्व चर्चित फोर्ब्स म्याग्जीनमा 

काठमाडौं, मंसिर १४ : न्यूयोर्क निवासी चर्चित नेपाली युवा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले बिश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिक) मा लेखन सुरु गरेका छन् ।

फोर्ब्स संचारघर (मिडिया) को मध्य पूर्व अन्तर्गत उनको लेखहरु प्रकाशित भएका छन् । हाल सम्म उक्त म्यागेजिनमा उनको दुई ओटा लेख प्रकाशित भएका छन् । भर्खरै पत्रिकाको बिचार खण्डमा उनले कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने बिषय लेख लेखेका हुन् । साथै यस अघी उनको एक सफल मालिक हुन चहिने पाँच गुणहरू बिषयमा लेख प्रकाशित भएको थियो। उनका आगामी लेखहरु सबै व्यापार ,नेतृत्व र जीवन शैलीमा आधारित हुने छन् ।

अब हरेक हप्ता फोर्ब्समा उनको लेख प्रकाशित हुने कुरा थपलियाले बताए । बिश्वका डलर अर्बपतिको क्लबको रुपमा चिनिएको बिश्वको शीर्ष स्थानमा ब्यापारिक ब्राण्ड फोर्ब्स म्याग्जीनमा अबसर पाउनु सजिलो कुरा होइन ।

यहाँ प्रकाशित हरेक लेखहरुले छुट्टै महत्व राख्छन। यस अघी हफिंगटन पोस्टमा उनका सयौ लोकप्रिय लेखहरु प्रकाशित भएका थिए । केही बर्ष अघी उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट बिमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अँग्रेजी पाठ्यक्रममा समेत राखिएको छ।

प्रकाशित मिति: ०९:१३ बजे, शनिबार, मंसिर १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्