तनहुँमा फेरि चितुवाको आक्रमण, एक बालक घाइते
बन्दीपुर, भदौ ९ : तनहुँमा फेरि चितुवाको आक्रमण गर्न थालेको छ भने स्थानीय त्रसित बनेका छन्।बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक...
बन्दीपुर, भदौ ९ : तनहुँमा फेरि चितुवाको आक्रमण गर्न थालेको छ भने स्थानीय त्रसित बनेका छन्।
बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका हुन्। चितुवाले पाँच वर्षीय सुलभ परियारमाथि आक्रमण गरेको स्थानीय बासिन्दाले बताए।
घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए। फेरि चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार