Kathmandu Press

हाइड्रोमा कार्यरत मजदुरको दुई हप्तापछि शव फेला

हाइड्रोमा कार्यरत मजदुरको दुई हप्तापछि शव फेला
Hardik ivf

दाेलखा, भदाै ८ : दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ। माथिल्लो तामाकोसी जलविद्युुत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज जलविद्युत् आयोजनाको ड्याममा फेला परेको थियो।

यसअघि काठमाडौँबाट आएको गोताखोरसहितको टोलीले खोजी गर्दा शव फेला पर्न सकेको थिएन। सुरक्षाकर्मीको टोलीले विज्ञसहित निरन्तर खोजी गरिरहेको थियो। लामो समयसम्म पनि शव फेला नपरेपछि जलविद्युुत् आयोजना र पीडितपक्षका बीचमा सहमति भइसकेको छ। मृतक लामाबगरस्थित दुगड हाइड्रो पावरको स्काभेटर मर्मत गरी डुङ्गामा फर्किने क्रममा तामाकोसी आयोजनाको बाँधमा खसेर बेपत्ता भएका थिए। फेला परेको शव परीक्षणपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:३५ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्