पोखरामा मतदान स्थल नजिकै बम विस्फोट
काठमाडौं, मंसिर १४ : कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजि....

काठमाडौं, मंसिर १४ : कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।
मतदान भइरहेका बेला कसैले बम फालेको र विस्फोट हुन पुगेको स्थानीयहरुले बताएका छन् । बम विस्फोट भएपछि उक्त मतदानस्थलको २० मिनेट रोकिएपनि अहिले भने मतदान सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको बताएको छ ।
प्रकाशित मिति: ०८:५४ बजे, शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











