Kathmandu Press

कास्की क्षेत्र नम्बर २ मा मतदान जारी

काठमाडौं, मंसिर १४ : कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान भइरहेको छ। 

३२ मतदानस्थलका ८२ मतदान क....

कास्की क्षेत्र नम्बर २ मा मतदान जारी

काठमाडौं, मंसिर १४ : कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान भइरहेको छ। 

३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा शनिबार बिहान निर्धारित समयमै  सुरु भएको मतदान चलिरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।

प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ ।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो ।

प्रकाशित मिति: ०८:२८ बजे, शनिबार, मंसिर १४, २०७६