Kathmandu Press

वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बन्ने नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीको भनाइ 

काठमाडौं, भदौ ८  : वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने बताएका छन् ।बुधबार काठमाडौंमा कार्यभार...
वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बन्ने नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीको भनाइ 

काठमाडौं, भदौ ८  : वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने बताएका छन् ।

बुधबार काठमाडौंमा कार्यभार सम्हादै उप्रेतीले वैदेशीक रोजगारका गएकाहरुलाई सहज हुने गरि यस क्षेत्रलाई थप मर्यादित बनाइने बताएका हुन् । उनले देशको बिकासका लागि युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्ने भएकाले सदैका लागि वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्ने कुरा उचित नहुने बताए ।

उप्रेतीले कर्मचारी, राजनीतिक दलहरु र सरोकारवालाहरुलाई उदाहरणीय काम गरेर देखाउने र सवै कर्मचारीहरुको सहयोग आवश्यक रहेको धारणा राखे । यसअघि बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको थियो । 

प्रकाशित मिति: १८:०५ बजे, बुधबार, भदौ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्