Kathmandu Press

विहारका सभामुखद्वारा राजीनामा

विहारका सभामुखद्वारा राजीनामा

पटना, भदाै ८ : भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिएका छन्।

भारतीय जनता पार्टीका नेतासमेत रहेका सिहंले प्रदेश सभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिएका हुन्। उनले आफ्नो जिम्मेवारी जेडीयु गठवन्धनका नेता नरेन्द्र नारायण यादवलाई दिएका हुन्।

सत्तारुढ गठबन्धनले उनका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाले उनले राजीनामा दिनु भएको पनि बताइएको छ। उनले आफू विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्ताव अवैधानिक भएको दाबी पनि गर्नुभएको छ। संसदमा पठाइएका नौ मध्ये आठ पत्र अवैध रहेको उनको भनाइ छ ।  

अवैध कामका कारण जनतामा नकारात्मक सन्देश गएको र थप नराम्रो देखिन सक्ने भएकाले आफूले राजीनामा दिएको उनले बताए।

भारतीय जनता पार्टीबाट विहारको प्रदेश सभामा निर्वाचित सांसदहरुले संसद भवन वाहिर विरोध प्रदर्शन गरेका छन्।

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, भदौ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्