Kathmandu Press

नुवाकोटमा ४ हजार ५ सय ३७ मतदाता थपिए

नुवाकोट, भदाै ८ : नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७...
नुवाकोटमा ४ हजार ५ सय ३७ मतदाता थपिए

नुवाकोट, भदाै ८ : नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए।

Hardik ivf

स्थानीय तहको निर्वाचनपश्चात् नयाँका लागि गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । 

आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन हुने मिति तोकेपछि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो।

असार १ गतेदेखि साउन २० गतेसम्म जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सातबिसे र निर्वाचन कार्यालयमा गरी चार हजार पाँच सय ३७ ले मतदाताको लागि फोटो खिचाएको निर्वाचन कार्यलय निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।

थप भएकासहित नुवाकोटमा कूल मतदाताको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ७१ पुगेको निर्वाचन अधिकारी गौतमले जानकारी दिए। 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, भदौ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्