Kathmandu Press

टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी

काठमाडाैं, भदाै ८ : नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्यान्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ।नेपाल टेलिकम वालिङ शाखाले गत साउन २०...
टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी

काठमाडाैं, भदाै ८ : नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्यान्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ।

नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो। नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका पहिलाका तामाका तारहरुलाई विस्थापित गरी  एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा सुरु गरिएको शाखाका प्रमुख नारायण कपालीले बताए।

Hardik ivf

'तामाका तारमार्फत पहिलै वितरण गरिएका टेलिफोनलाई पहिलो चरणमा ‘एफटिटिएच’ प्रविधिमा परिवर्तन गरेका छौँ', उनले भन्नुभयो, 'जडानमा रहेका पुराना टेलिफोनलाई उक्त प्रविधिमा रुपान्तरण सकेपछिमात्रै दोस्रो चरणमा नयाँ लाईनहरु जडान गर्नेछौँ।' भदौको दोस्रो साताभित्रमा पुराना लाइनलाई नयाँ सेवामा परिवर्तन गरेर सकिने र दसैँअगावै नयाँ लाइन पनि जडान गर्ने गरी तीव्ररुपमा काम अगाडि बढेको उनले जानकारी दिए।

तामाको तारमार्फत वितरण गरिएको टेलिफोनबाट सञ्चालन भएको ‘एडिएसएल’ सेवा तीव्र गतिको नभएकै कारण सेवाग्राहीले सेवा लिन छाडेसँगै टेलिकमले नयाँ प्रविधिसहितको ‘एफटिटिएच’ सेवा भित्र्याएको हो। ‘एफटिटिएच’ सेवा भित्र्याएसँगै सेवाग्राहीले टेलिफोन लाइन जडानका लागि निवेदन दिने बढ्दै गएको उनले बताए।

'भ्वाइस, डाटा तथा टिभी सस्तो मूल्यमा एउटै फाइबरमार्फत उपलब्ध हुने भएपछि सेवा प्रयोगका लागि माग गर्ने सेवाग्राही बढ्दै जानुभएको छ' उनले भने, 'सरकारी कम्पनी, सस्तो भरपर्दो सेवा सुविधाकै कारण ‘एफटिटिएच’ सेवाप्रति आकर्षण बढ्दै गएको हो।'  

तामाको तारमार्फत वितरण गरिएका टेलिफोन लाईन करीब एकहजार छन्। तामाको तारमार्फत टेलिकमले उपलब्ध गराएको ‘एडिएसएल’ सेवाको गति कम भएकैकारण यसअघि केही ग्राहकहरुले सेवा लिन छोडे पनि अहिले फेरि आकर्षण बढेको उनले बताए।

‘एफटिटिएच’ सेवा जडानका लागि कार्यालयले सामान्यदेखि तीव्र गतिको इन्टरनेट सेवा, तीन सय मिनेट निःशुल्क टेलिफोन सेवा, जडानमा एकसय मिटर ड्रप फाइबर निःशुल्क, सिपिई ९राउटर० निःशुल्कजस्ता विभिन्न प्याकेज अगाडि सारेको छ। कम्पनीले ग्राहकका लागि तीव्र गतिको इन्टरनेट सेवा, टेलिफोन सेवा र टेलिभिजन सेवा ‘ट्रिपल प्ले’ सुविधा दिएसँगै थप आकर्षित भएका हुन्।

शाखाले वालिङ नगरपालिकाका विभिन्न बजारसहित दक्षिण स्याङ्जाको चापाकोट नगरपालिका र दक्षिण पर्वतको हातेमालो चोकमा सो सेवा दिँदै आएको शाखाले जनाएको छ।

प्रकाशित मिति: १४:०० बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्