Kathmandu Press

पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

लमजुङ, भदाै ८ : मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।  पोखरा महानरपालिका–३२ घर भई...
पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

लमजुङ, भदाै ८ : मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।  

पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। 

उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। 

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, भदौ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्