Kathmandu Press

निर्वाचन पर्यवेक्षणका आवदेन खुुल्यो

काठमाडौं, भदौ ८ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्था आवेदन माग गरेको छ। आयोगले अन्तर्राष्ट्रिय...
निर्वाचन पर्यवेक्षणका आवदेन खुुल्यो
Hardik ivf

काठमाडौं, भदौ ८ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्था आवेदन माग गरेको छ। आयोगले अन्तर्राष्ट्रिय संस्थालाई यसअघि नै पर्यवेक्षणका लागि आग्रह गरिसकेको छ ।

आयोगले बुधबार सूचना जारी गर्दैै १५ दिनभित्र कामगजातसहित आवेदन दिन आह्वान गरेको छ। यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन नपाइने आयोगले जनाएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति: ११:३० बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्