Kathmandu Press

बाँकेमा १५ जना मिटरब्याजीविरुद्ध उजुरी

नेपालगञ्ज, भदौ ८ :  जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटरब्याजीविरुद्ध पीडितले उजुरी दिएका छन्।सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५...
बाँकेमा १५ जना मिटरब्याजीविरुद्ध उजुरी

नेपालगञ्ज, भदौ ८ :  जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटरब्याजीविरुद्ध पीडितले उजुरी दिएका छन्।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका अधिकृत रामकुमार सोनकरले जानकारी दिए।

उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरिएको उनले बताए। प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन्।

मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख छ। अधिकृत सोनकरका अनुसार मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी छ।

उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए। कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको छ।

मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो।

प्रकाशित मिति: ०८:१८ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
प्रतिक्रिया दिनुहोस्