Kathmandu Press

महाअभियोग सिफारिश समितिको बैठक बस्दै

काठमाडौं, भदौ ८ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिश समितिको बैठक आज बस्दै छ।प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिश...
महाअभियोग सिफारिश समितिको बैठक बस्दै

काठमाडौं, भदौ ८ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिश समितिको बैठक आज बस्दै छ।

प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिश समितिले भदौ २९ गतेभित्र अध्ययन टुंग्याउने निर्णय गरिसकेको छ। त्यसैबारे छलफल गर्न आज दिउसो २ बजे बैठक बस्न लागेको हो।

महाअभियोग सिफारिश समितिको यो तेस्रो बैठक हो। यसअघि मंगलबार बसेको बैठकले जबरालाई यहि साता सफाइको मौका दिने कार्यतालिका तयार गरेको थियो।

समितिको मंगलबारको बैठकमा भदौ २९ गतेभित्र छानबिन प्रतिवेदन बुझाउने कार्यतालिका पेश भएको थियो। नेकपा (एमाले) सांसदले भने भदौ २५ गतेभित्र छानबिन प्रतिवेदन बुझाउनुपर्ने अडान राखेको छ। यस विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो। त्यसमाथि अध्ययन गर्न गत साउन २१ गते संसदीय समिति गठन गरिएको थियो।

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, भदौ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्