Kathmandu Press

पाकिस्तानका प्रधानमन्त्री कतार जाँदै

काठमाडौं, भदौ ७  : पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले कतारको औपचारिक भ्रमण गर्न लागेका छन् । दुई देशको सम्बन्ध सुधार र सहकार्य वृद्धिका लागि...
पाकिस्तानका प्रधानमन्त्री कतार जाँदै

काठमाडौं, भदौ ७  : पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले कतारको औपचारिक भ्रमण गर्न लागेका छन् । दुई देशको सम्बन्ध सुधार र सहकार्य वृद्धिका लागि उनले भ्रमण गर्न लाग्नु भएको अधिकारीहरूले जनाएका छन् । 

“कतारबाट अमिर शेख तमिम बिन हमाद अल थानीको निमन्त्रणामा म त्यस तर्फ जान लागेको हुँ, दुई देशको सम्बन्ध र सहकार्यसँगै हाम्रो मित्रता र भाइचारा बढाउन भ्रमण फलदायी हुने आशा गरेको छु,” प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । 

Hardik ivf

रणनीतिक र ऐतिहासिक सम्बन्धलाई नवीकरण गर्नका लागि भ्रमणलाई उपयोग गर्ने दुवै पक्षको योजना छ । भ्रमणका क्रममा उनले कतारका उच्च राजनीतिक अधिकारी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन् । 

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण टोलीमा पाकिस्तानी मन्त्रिपरिषद्का मुख्य मुख्य सदस्यहरूसँग उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन् । उनले नविकरणीय उर्जा, खाद्य सुरक्षा, औद्योगिक तथा भौतिक संरचनाहरूको निर्माण, पर्यटन, सर्वपक्षीय विकास लगायतका क्षेत्रमा कतारी पक्षको लगानी पाकिस्तान ल्याउन प्रयत्न गर्ने छन् । उनको दुई दिने भ्रमण यही अगस्ट २३ र २४ तारिखमा हुने तय भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: २०:३० बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्