Kathmandu Press

काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ पक्राउ

काठमाडौं, भदौ  ७  : जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८०...
काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ पक्राउ

काठमाडौं, भदौ  ७  : जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० को पहिलो साउन महिनामा आपराधिक क्रियाकलापमा सङ्लग्न ८८ जनालाई पक्राउ गरेको हो ।

Hardik ivf

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले साउन १ गतेदेखि ३१ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवना तोकिएका ८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिए  ।

पक्राउ परेकासँग अदालतले ११ वर्ष सात महिना २८ दिन कैद भुक्तान र रु ४१ लाख ९१ हजार ३२२ जरिवाना असुल गरेको छ । 

प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्