युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले भने- सनसिल्क नेपालको सर्वाधिक ठुलो सौन्दर्य ब्रान्ड
काठमाडाैं, भदाै ७ : युनिलिभरका प्रबन्ध निर्देशक श्री आमलन मुखर्जीले सनसिल्क नेपालको सर्वाधिक ठुलो सौन्दर्य ब्राण्ड भएकाे बताएका छन्।यसपालिकाे बडादसैंलाई लक्षित गरेर युनिलिभरले ल्याएकाे...
काठमाडाैं, भदाै ७ : युनिलिभरका प्रबन्ध निर्देशक श्री आमलन मुखर्जीले सनसिल्क नेपालको सर्वाधिक ठुलो सौन्दर्य ब्राण्ड भएकाे बताएका छन्।
यसपालिकाे बडादसैंलाई लक्षित गरेर युनिलिभरले ल्याएकाे 'सीमित विशेष दसैं प्याक' घाेषणा कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने, 'लाखौं उपभोक्ताहरुद्वारा रुचाइएको र देशभर बिक्री हुने सनसिल्क निःस्सन्देह नेपालको सर्वाधिक ठुलो सौन्दर्य ब्राण्ड हो। गत वर्ष दसैंको दौरानमा आयोजित दसैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ अफ गर्ल्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं र प्रतियोगिता आफैंमा एक अभूतपूर्व सफल अभियान थियो।'
उनले थपे, 'सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु उत्साहित हुने गर्छन् र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्रान्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौं।'
सौन्दर्य सरल रहेकाे र धेरै तरिकाबाट यसलाई कैद गर्न सकिने विश्वास उनले व्यक्त गरे। 'हामी हाम्रा उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसँगै हाम्रा ब्रान्डहरुलाई आबद्ध गराउन चाहन्छौं,' उनले भने, 'सनसिल्क ग्याङ अफ गर्ल्सको सक्रियता र सनसिल्क दसैं भाइब्स त्यस्तै प्रयासकाे अंग हाे।'
.jpg)
सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ। यो नेपालको नं. १ ब्युटी ब्रान्ड पनि हो युवतीहरुमा लुकेको सम्भावनाहरु उजागर गर्न र हर प्रकारका सम्भावनाहरुका लागि उनीहरुको केशलाई तयार बनाउन सनसिल्कले दशकौंदेखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।
नेपालको महान् चाडमा आफ्ना ग्राहकहरुको जीवनको एक हिस्सा बन्न सनसिल्क सफल भएकाे छ। गत वर्ष सनसिल्क नेपालले बडादसैं २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगीता सनसिल्क दसैं भाइब्स अभियान सुरु गरेको थियो, जुन अभियान भव्य रुपमा सफल पनि भएको थियो। अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ अफ गर्ल्सको एक हिस्सा बनेर ब्रान्डसंँ आबद्ध हुने मौका दिएको थियो।

यसपमिलका लागि आसिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्रान्ड एम्बेसडरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए। प्रतियोगिताको विजेताहरुको रुपमा उनीहरुले यस वर्षको 'सीमित विशेष दशैं प्याक'मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिंदैछ।
यो नयाँ प्याकमा तीन भिन्न प्रकार छन्, हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट। नेपालको लाखौं घरहरुमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ। यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरु मध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेस गरिएको हो।

-1786430634.png)










