Kathmandu Press

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सयभन्दा बढी

काठमाडाैं, भदाै ७ : भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय भन्दा बढी भएको छ।यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सयभन्दा बढी

काठमाडाैं, भदाै ७ : भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय भन्दा बढी भएको छ।

यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म आठ हजार पाँच सय ८६ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ। 

यसैसँगै भारतमा चार करोड ४३ लाख ५६ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन्। भारतमा एक दिन अगाडि अर्थात सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ९ हजार पाँच सय ३१ जनामा सङ्क्रमण देखापरेको थियो।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार पाँच सय छ जना रहेका छन्।कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सस ७० भन्दा बढीको मृत्यु भएको छ। 

भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८० जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ३७ लाख ३३ हजार छ सय २४ जना कोरोनामुक्त भएका छन्।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। 

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ। 

प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, भदौ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्