Kathmandu Press

आजबाट सर्लाहीका सबै  पालिकामा फाइजर खोप

सर्लाही, भदौ ७ : सर्लाहीका सबै  स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ। आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि...
आजबाट सर्लाहीका सबै  पालिकामा फाइजर खोप

सर्लाही, भदौ ७ : सर्लाहीका सबै  स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ। आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने  जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।

जिल्लाको मलङ्गवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय निकायमा सोमबार नै खोप पुर्‍याइएको र मलङ्गवामा मङ्गलबार नै खोप पुर्‍याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए। उनका अनुसार जल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ।

बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरुले तालिका पनि बनाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा एक लाख ४० हजार डोज खोप आइपुगेको छ। 

खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखीकरण तालिमसमेत दिइएको थियो।

५ देखि १२ वर्ष उमेर समूहका करिब दुई सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइनेछ भने सो सङ्ख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइनेछ।

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, भदौ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्