Kathmandu Press

अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

सिड्नी, भदाै ७ : मिर्गौला  प्रतिस्थापन थेरापी (केटीआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ।अस्ट्रेलियन...
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

सिड्नी, भदाै ७ : मिर्गौला  प्रतिस्थापन थेरापी (केटीआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर ९एआइएचडब्ल्यू० ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला  प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो।  

Hardik ivf

अस्पताल भर्ना भएका मध्ये ५३ प्रतिशत डायलासिस ९मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि रगतबाट फोहोर हटाउने यान्त्रिक प्रक्रिया०मा थिए र बाँकी मिर्गौला  प्रत्यारोपण गराउनेहरू थिए।  सन् २०१९/२० मा अस्ट्रेलियामा अस्पताल भर्ना हुने सबैभन्दा धेरै मिर्गौलाका बिरामी रहेका तथा ती मध्ये १४ प्रतिशतले डायलासिस गराएका थिए।

एआईएचडब्यूका प्रवक्ता मिरियम लुम ओन तीन महिना वा सोभन्दा बढी समयसम्म रगतबाट फोहोर हटाउन नसक्ने मिर्गौलाको अवस्थालाई ‘क्रोनिक’ मिर्गौला रोग हो भन्दै उनले १७ लाख अष्ट्रेलियालीमा मिर्गौला  रोगको प्रारम्भिक लक्षण भएको अनुमान सुनाइन्। उनले धेरै अष्ट्रेलियालीहरू रोगबारे अनजान रहेका पनि बताइन्।

मिर्गौला  रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला  फेल हुनु हो।  मिर्गौलाले काम गर्न नसकेपछि बाँच्नको लागि डायलासिस वा प्रत्यारोपण एकमात्र विकल्प भएको वास्तविकता पनि उनले सुनाइन्।

सन् २०२० मा प्रमुख शहरहरूमा बस्नेहरूभन्दासबैभन्दा कम सामाजिक आर्थिक गतिविधि हुने तथा दुर्गम र अति दुर्गम क्षेत्रका मानिसले मिर्गौला  प्रतिस्थापन थेरापी गराएका थिए। 

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्