Kathmandu Press

कोरियामा कम भएन कोरोना सङ्क्रमण

साेल, भदाै ७ : दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन्।सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ...
कोरियामा कम भएन कोरोना सङ्क्रमण

साेल, भदाै ७ : दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन्।

सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन्।

योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २४ लाख ४९ हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन्।

कोरियाली रोग नियन्त्रण र रोकथाम निकायका अनुसार गत आइतबार ५९ हजार ४६ जनामा तथा अघिल्लो साता अधिकतम ८४ हजार एक सय तीन जनामा पुष्टि भएको सङ्क्रमण सोमबार ह्वात्तै बढेको हो।

यो घातक  सङ्क्रमणबाट सोमबार ५२ जनाले ज्यान गुमाएका छन्। देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या २६ हजार एक सय ६१ पुगेको छ। 

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्