Kathmandu Press

कंगाेमा इबोलाका नयाँ सङ्क्रमित भेटिए

काठमाडाैं, भदाै ८ : अफ्रिकी देश कंगाेमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन्। प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो।कङ्गोको...
कंगाेमा इबोलाका नयाँ सङ्क्रमित भेटिए

काठमाडाैं, भदाै ८ : अफ्रिकी देश कंगाेमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन्। प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो।

कङ्गोको स्वास्थ्य मन्त्रालयले कङ्गोको उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको सङ्क्रमण देखिएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

Hardik ivf

यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो। इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो।

यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कङ्गोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो सङ्क्रमण भेटिएको थियो।

सो सङ्क्रमणमा परी यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए। सो दुई वर्षको अवधिमा मात्र यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो।

त्यससमय अफ्रिकाका अरु देशमा पनि इबोलाको सङ्क्रमण पाइएको थियो। त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए। 

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्