Kathmandu Press

एक चीन नीतिमा दायाँबायाँ हुनेवाला छैनः प्रचण्ड

काठमाडौं, मंसिर १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएक....

एक चीन नीतिमा दायाँबायाँ हुनेवाला छैनः प्रचण्ड

काठमाडौं, मंसिर १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। 

होटल याक एण्ड यतीमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जुनसुकै पार्टीको जस्तोसुकै सरकार आएपनि एक चीन नीतिमा कुनै दायाँबायाँ नहुने बताएका हुन्। 

‘चीनसँग हाम्रो त्यस्तो केही समस्या छैन,’ उनले भने,‘ नेपालमा जुनसुकै पार्टीको जस्तोसुकै सरकार आएपनि त्यो एक चीन नीतिमा नेपाल दायाँबायाँ हुनेवाला छैन।’प्रचण्डले चीनले पनि आफ्नो नेपाललाई हेर्ने नीतिमा कहिल्यै परिवर्तन नगरेको बताए। 

‘नेपालमा जस्तो सुकै सरकार आएपनि चीनले नेपाल नीतिमा कहिल्यै परिवर्तन गरेको छैन,’ उनले भने,‘यो नै नेपाल–चीन सम्बन्धको एउटा मौलिकता र गर्व गर्न लायक विशेषताको रुपमा रहेको छ।’
 

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, मंसिर १३, २०७६