Kathmandu Press

छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कैलाली, भदाै ७ : कैलालीमा छाडा गाईसँग ठोक्किएर साेमबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटी...
छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कैलाली, भदाै ७ : कैलालीमा छाडा गाईसँग ठोक्किएर साेमबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, भदौ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्