Kathmandu Press

बन्दले बालबालिकाको पढाइ प्रभावित भएकाेमा चिन्ता

काठमाडाैं, भदाै ७ : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौं बालबालिकाको...
बन्दले बालबालिकाको पढाइ प्रभावित भएकाेमा चिन्ता

काठमाडाैं, भदाै ७ : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौं बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ।

बन्दको त्रासका कारण काठमाडौंलगायत स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ ।

सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको छ।

यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, भदौ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्